‘प्रेम’ भन्दा केही फरक लेखे हुन्थ्यो भन्छिन् मेरी साथी सुधा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७१, शनिबार १४:३७


nitaनीता के.सी / काठमाडौँ २९ कार्तिक ।  के लेखु खै ? जीवन र प्रेम भन्दा सास्वत केही देख्दिन, म यो जगतमा ।  हो एक अमुर्त प्रेम र आस्थाका पुञ्ज,परमात्मा प्रभु चराचर जगतमा छन् भन्ने विश्वास छ मनमा ।  तर कहिल्यै आत्मसात गर्न भने सकिन ।  हरपल प्रयासरत हुन्छु उनलाई भेट्ने, ध्यानमा बस्छु ।  मनलाई खोतलेर छाम्छु ।  दान पनि गर्छु, सके जति।   पुजा त दैनिकी नै भयो । सुर्योदयमा रम्छु l सुर्यास्तमा टोलाउछु । चन्द्रमाको दागमा केही खोज्छु ।  ताराहरु भित्र हजारौ लासका अनुहारहरु खोज्छु l बर्सादमा रुझ्छु l बसन्तमा रमाउछु।  यी सम्पूर्ण अबयब संग साक्षात्कार हुँदा हुँदै पनि म केही खोजि रहेछु, शायद पूर्णता..?
मानिसले आफुलाई सम्पूर्ण कहिले ठान्छन् ? गाँस,बाँस,कपासको पूर्णता पछि मानिसले फेरी केही खोज्छ।  त्यो प्रेम र प्राप्ति हो।  पारिबारिक कलहमा पनि प्रसंग प्रेम कै हुन्छ । राजनैतिक रणनितीमा नि सामाजिक दाईत्व भित्र प्रेम र सद्भाव कै कुरा आउछ । मेरो भन्नु यति मात्रै हो कि जीवनको सार तत्व ‘खुसी’ हुनु हो जुन ‘खुसी’ प्राप्तिमा मात्र हुन्छ। हरेक चिजको प्राप्ति पछि मानबले फेरी प्रेमिल संरचना नै खोज्छ अनि मात्र उ आनन्दित हुन्छ। प्रेम प्राप्त गर्छ। शायद दैव भेट्छ। शायद उसले आफुलाई चिन्छ। चराचर स्रीष्टी हुन्छ ‘म’ अनि प्रेम..!!
साथी सुधा,
जीवनका साश्वत सत्यहरु मध्य ‘म’ अनि ‘माया’ संग संगै गाँसिएका हुन्छन्, जन्मजात उसले आफैलाई माया गर्न सिक्छ र जिबन रहे सम्म आफैलाई नै माया गरिरहेकै हुन्छ, मलाई लाग्छ माया बास्तबमा ‘म’ हो, यो ‘म’ को लागि उ बिरक्तिन्छ, उ सिधिन्छ, उ रित्तिन्छ, अनि समर्पित हुन्छ अझै प्राप्त नभए ‘माया’ उ समाधिष्ठ हुन्छ..! ‘माया’ गर्ने त्यही क्रममा उसले अरुबाट माया खोजेको हुन्छ जुन कठिन त छ तर असम्भब भने हुन्न ! शायद भगवान खोजे जत्तिकै ..!
अनुभूति,दया,धर्म,त्यग,समर्पण अनि कोमल ब्यबहार भित्र हुन्छ माया, दिन्छौ कसरि..? फर्किन्छ त्यसरी नै ‘माया’.. ! सकिन्न कल्पना गर्न माया बिनाको यो भूगोल..! त्यसैले मलाई लाग्छ तपाई नकार्नुस यो कुरालाई की तपाईले आफुलाई कहिले माया गरिन भनेर …! बरु मायाका अनन्त स्वरूपलाई अनुभूत गर्न नसक्नु बिडम्बना हुन सक्छ नियतिका..! बेदका ऋचा झैँ पबित्र हुन्छ माया, पृथ्बी सरि भरी हुन्छ माया अनि हरेक स्वास जति नै प्यारो हुन्छ माया …! नीति हो माया ..! रणनिती माया ..! जीवन हो माया ..! दैव हो माया ..! वास्तविक खुसी हो माया ..! अस्तु ..!

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१