पसिना गन्हाउने समस्या र समाधान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७१, बुधबार ०३:५७

कुनै समय सौन्दर्य र शारीरिक सुगठन ईश्वर प्रदत्त गुण मानिन्थ्यो तर आजको भौतिकवादी युगमा यो क्षेत्रले पनि प्रकृतिलाई लगभग चुनौती दिइरहेको छ । शैक्षिक क्षेत्रले मारेको फड्कोसँगै सूचना तथा प्रविधिको
माध्यमबाट आकर्षक ढङ्गबाट आफूलाई प्रस्तुत गर्नु पनि हिजोआज अर्को सुन्दरता हो । सुन्दर देखिनु भनेको अनुहार मात्र राम्रो पार्नु होइन । सुन्दर त्यसलाई भनिन्छ जो भित्रदेखि नै आˆनो स्वास्थ्य शरीरलाई स्याहार गरी राख्दछ । आत्मविश्वास एवं सकारात्मक सोचले पनि सुन्दर देखाउन धेरै सहयोग गर्दछ । आˆनो शरीर आकर्षक सुन्दर एवं फुर्तिलो होस् भन्ने चाहना हरेक व्यक्तिको हुन्छ । आफू सधैँ फुर्तिलो रहन सबैभन्दा ध्यान खानपिनमा दिनुपर्छ । डायटिङ गर्ने, व्यायाम गर्ने, पानी धेरै पिउने, सागसब्जी फलफूलको सेवन बढी मात्रामा गर्ने, बोसोयुक्त, बन्द बट्टाका खानाहरू बढी नखाने, जङ्क फुडबाट टाढै रहने, भरसक हल्का खानालाई प्राथमिकता दिनुपर्दछ ।697A5EF438EE99B7A416E5BCDDFDC_h400_w267_m2_bblack_q99_p99_csuBJGXNP

जुस, हर्वलजस्ता कुराहरूको सेवनले शरीरमा मिनरलको मात्रा बढाइदिन्छ । प्रोटिनले मांसपेशीलाई बलियो बनाउने हुँदा प्रोटिनयुक्त खाना खानुपर्छ, तनावमुक्त जीवन, उचित खानपान, राम्रो निद्रा सकारात्मक सोच नै सुन्दरताको रहस्य हो । यति कुराहरू ध्यान दिँदादिँदै पनि मानिसहरूलाई केही न केही समस्याहरू देखिनै रहेको हुन्छ । यी समस्यामध्ये विशेषगरी गर्मी महिनामा पसिना आउने र गन्हाउने एउटा यस्तो समस्या हो कि जसले मानिसको व्यक्तित्वमा नै हानि पुर्‍याइरहेको हुन्छ । शरीरबाट पसिना जानु त राम्रै हो तर पसिनाले गर्दा कपाल तेल हालेको जस्तो देखिनु, अनुहार चिल्लो देखिनु, अन्डर आम्र्स -काखीमुनि) आउने पसिना गन्हाउने, लुगामा पनि पसिनाले गर्दा पहेँलो दाग बस्ने गर्दा साह्रै कठिनाइ भोग्नु परिरहेको हुन्छ तर यी कुराहरूलाई तपाईंले एकछिन समय दिएर स्याहार तथा सरसफाइ गर्नुभएमा धेरै फाइदा हुन्छ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ । यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र यही नै हो पसिना ।images

पसिनाबाट बच्ने केही उपायहरू

1. नुहाउँदा सधैँ फिटकिरीले काखीमुनि केही समयसम्म रगड्ने ।

2.गर्मीमा दिनको दुईपटकसम्म राम्रो वासनायुक्त साबुन प्रयोग गर्ने ।

3.नुहाउने पानीमा निमको पात मिसाएर उमालेर नुहाउने ।

4. नुहाउने पानीमा कागती, डिटोल पनि प्रयोग गर्न सकिन्छ ।

5. नुहाएपछि टेलकम पाउडर लगाउनाले पनि पसिना त्यति आउँदैन ।

6. जुत्ता लगाउनु अगाडि पाउडर हालेर जुत्ता लगाउँदा पसिना आउँदैन ।

7.लुगा लगाउनु अगाडि रोल अनको प्रयोग गर्ने ।

8. लुगा फेर्नासाथ पट्टाएर नराख्ने किनकि पसिना गुम्सिएर लुगा गन्हाउन सक्दछ ।

9. निम युक्त साबुन, बडी वासको प्रयोग

गर्ने ।

10. घर बाहिर निस्कदा परˆयुम, बडी स्प्रेको प्रयोग गर्ने ।

11.अनुहारमा मलमलको कपडामा केही आइसका टुक्रा राखी रगड्ने ।

यी त भए शरीरको हेरचाह, अनुहारमा पनि पसिनाले गर्दा साह्रै नराम्रो, बेजान चिल्लो फोहोरी देखिन्छ । त्यसैले गर्मीमा पसिनाले मेकअप बगाउने हुँदा मेकअप राम्रोसँग गर्नुपर्दछ र गर्मी महिनामा हल्का मेकअप गर्नुपर्छ ।

1.क्लिनजरले सफा गरी सन स्त्रिmन क्रिम लगाउने

2. सन स्त्रिmन लगाएको आधी घन्टापछि फाउण्डेसन लगाउने, चायाँ, डार्क सर्कललाई कन्सिलरले छोप्ने र लुज पाउडर लगाउने ।

3. हल्का रङको आइस्याडो, वाटर प्रुफ मस्करा, आइलाइनरको प्रयोग गर्ने ।

4. गालामा अनुहारको रङअनुसार ग्लस लगाउने ।

5. हल्का ग्लसको प्रयोग गर्ने, आˆनो केश, कपडा र अनुहारलाई सुहाउँदो गरी मेकअप गर्ने ।

पसिनाले गर्दा केश पनि नराम्रो देखिन्छ । घाम, प्रदूषणको कारण कपाल रुखो नराम्रो देखिने हुनाले कपाललाई पनि हेरचाह गर्न अत्यन्तै जरुरी छ । हेयर ड्राइको प्रयोग नगर्ने, धेरै पसिना आउने केश छ भने क्रिम नभएको दही, मेहेन्दी, नीमको धुलो कागतीको केही थोपा रस राखी हप्ताको एकपटक प्याक लगाउने । यदि तपाईं सधैँ व्यायाम गर्नुहुन्छ र व्यायाम गरेपछि आएको पसिना त्यत्तिकै छाड्नुहुन्छ भनी त्यो व्यायामको केही अर्थ रहदैन त्यसैले व्यायाम गरेपछि सधैँ नुहाउने बानी बसाल्नुहोस् । हिजोआज ठाउँठाउँमा स्पा सेन्टर खुलेका छन् । नुहाउँदा मस्तिष्कलाई पनि आनन्द मिल्ने हुँदा गर्मीमा स्पाको मज्जा लिन पनि नभुल्नुहोला । पसिना धेरै आउने हुनाले गर्मी महिनामा हलुका कपडा सिल्क, कटन, सुतीजस्ता कपडाको प्रयोग गर्ने । घाममा निस्कनु अगाडि छाताको प्रयोग दिनहुँ गर्ने बानी भएमा अवश्य पनि पसिना आउने र गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१