अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको महफिल कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ कार्तिक २०७१, शनिबार ०७:२९

mahaकाठमाडौँ  | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले २०७१ कार्तिक २८ गते आयोजना गरेको महफिल कार्यक्रममा नेपाली, संस्कृत, हिन्दी र उर्दूका गजलहरु वाचन गरियो | वरिष्ठ साहित्यकार डा. कृष्ण जंग राणाले उदघाटन गरेको सो कार्यक्रम मासिक रुपमा आयोजना गरिने छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा. कृष्ण जंग राणा, डा. सनत कुमार वस्ती, इम्तियाज वफा, काशिनाथ न्यौपाने, मनोज न्यौपाने, शीतल कादम्बिनी नीशा के. सी. ,द्रोण पराजुली, अविरल ओझेल, भगवती रोका भूमिका, अब्दुल मोविन खान, नवराज पराजुली, श्यामबहादुर भाबुकलगायतले महफिलमा गजल गीत वाचन गर्नु भएको थियो |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१