चर्किएको ऐनामा प्रदिपकाे छाया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ कार्तिक २०७१, बुधबार ०८:३३

10616601_361996160643296_5932184813242159310_n (1)प्रकाश ‘पुष्पक’ राई
क्वालालम्पुर मलेसिया । विगत लामाे वर्षदेखि साहित्य पत्रकारितामा कलम चालिरहनुभएका पत्रकार तथा साहित्यकार प्रदिप राई अभिकाे गजल सङ्ग्रह ‘चर्किएकाे ऐना’ प्रकाशनको तयारीमा रहेको छ ।
मञ्जरी प्रकाशन नेपालकाे प्रकाशनमा प्रकाशित हुनलागेको याे सङ्ग्रह वियोग वियोगान्तमा लेखिएका गजलका शेरहरु प्राय पाइएको प्रकाशन परिवारले जनाएको छ । गजलकार राईका छनाैटमा परेका गजलहरु जम्मा ८० वटा रहेकाे प्रकाशनले जनाएकाे छ । लामाे समयदेखि बैदेशिक राेजगारीकाे शिलसिलामा तथा पत्रकारितामा आवद्ध रहेर सिङ्गापुर, थाईल्याणड, कतार, दुवाई बङलादेश, भारत, हुँदै अहिले राई मलेसियाको क्वालालम्पुरमा पत्रकारितामा आवद्ध रहेर साहित्य क्षेत्रलाई समेत फराकिलो पारिरहेको छन् ।
राई पेशामा पत्रकारिता भएपनि सामाजिक सेवामा समेत आवद्ध रहेर खाेटाङ् सेवा समाज युवा एकता मलेसियाको संस्थापक अध्यक्ष प्रवाशी कलम मलेसियाका सम्रक्षक समेत रहनुभएकाे छ । खाेटाङ् जिल्लाकाे बतासे १ मा केशरबहादुर र कृष्णकुमारी राईकाे काेखबाट काईला छाेरा प्रदिप बि.स. २०३६ सालमा जन्म भएकाे थियाे । क्षितिज नेपाली पत्रिकाका प्रधानसम्पादक रहेका राईले वियोगकाे तड्पाईमा तड्पीयर विछाेडकाे शव्दहरुलाई जाेडेर भाग्यको रेखालाई एउटा शिसासंग तुलना गरेर दर्पनछायामा परिणत गरि ऐनाकाे उपनाममा आफ्नो गजलहरु मालाकाे रुपमा प्रसतुत गर्न लागेकाे गजलकार राई बताउँछन् ।
आशा छ हामीलाई पनि अब चाँडै प्रकाशन हुन लागेकाे ‘चर्किएकाे ऐना’मा हाम्राे प्रतिविम्बित हेर्न सकिन्छ कि ? कस्तो ? कति ? कहिले ? कहाँ ? कसरी ? किन ? कतिवेला ? त्यो ऐना चर्किएको छ ? हेर्न हामी आतुर भएर बसेका छाै ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०