सतिले मात्र हैन सन्ततिले पनि सरापेको देश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७१, सोमबार ०९:२१

निर्मल भट्टराई10616217_933650339984550_4567906609329704655_n (2)

कविता ।

खण्डहर भएको देशहरुको बारेमा गूगल गर्दा र यु–ट्युब हेर्दा

मन र मस्तिस्कमा झनन्न हजार भोल्टको करेन्ट दौडिदो रहेछ

करेन्टमा भएको त्यस कम्पनलाइ त्रासदी बोकेको अनुभब गर्दा
सम्झिदै थिए, बिमतिमा सहमति नभेट्दा दशा देशलाइ लाग्दो रहेछ ।

नागरिकलाइ राजयोग भए पनि पिरर्दो रहेछ देशको दशाले गर्दा
शुक्र –चन्द्र –सुर्यलाइ, राहु–केतु–शनि अनि मंगलले घेरर्दो रहेछ
अनि गरोस त के निर्धो बुध र एक्लो बृहश्पतिले सब घेरिदा
बिचरा देशबाशी, नेतृत्वको लडाईमा परेपछि त्यसै गल्दो रहेछ ।

सीमाको लडाईमा जुटे नि जात र क्षेत्रको बिबादले भिन्न पार्दा
सिंगो ढिक्का भएको देश टुक्रिने अनि राष्ट्रियता मर्दो रहेछ
अनि मरेको राष्ट्रियता बोकेर नागरिक निर्बासित भईरहदा
मनमा ज्वाला बोलेर पुस्ता र प्रथालाइ सराप्नु सराप्दो रहेछ ।

मन भरि त्रास र निरासले बाश गरयो यु–ट्युब र गूगल गर्दा
मेरो पनि देशमा यस्तै होला कि भन्ने आभास झन् हुदो रहेछ
प्रत्येक दिन १५०० बाहीरिएर बिदेशी भुमिमा श्रम र पसिना साट्दा
बाकसमा निर्जीव आएका नेपाली छोराहरुको लाससंगै श्राप आउदो रहेछ ।

अनि कसरी हुन्छ र देशको उन्नति ?
अनि किन हुन्न र देशको अबनती ?

सतिले मात्र हैन सन्ततिले पनि सरापेको देश !!!!!

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१