१०५ औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती भव्यताका साथ न्यूयोर्कमा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ कार्तिक २०७१, मंगलवार १५:०१

गीता खत्री, न्यूयोर्क  ।  अक्टोबर १९, २०१४ आइतबारका दिन न्यूयोर्कको ज्याक्सन हाइटस्थित चौतारी रेष्टुरेष्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरले १०५ औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको भव्य कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम च्याप्टरका अध्यक्ष श्री विकास विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।  10455961_10152570198385429_5127744994977261322_n
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देबकोटाका छोरा पद्मप्रसाद देवकोटा, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, नेपालको स्थायी नियोगका द्धितीय सचिब शत्रुघन पोखरेल लगायत वोष्टनबाट धेरै साहित्यकारहरुको उपस्थिति थियो । न्यूयोर्कमा बसोबास गर्ने धेरै साहित्यकार तथा नेपाली भाषासाहित्यलाई माया गर्ने ठूलो नेपाली जनसमुदायको उपस्थिति थियो । साथै न्यूयोर्कमा रहनु भएका सबैजसो पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रमको प्रारम्भमा स्वर्गीय जनकवि केशरी धर्मराज थापाको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि प्रतियोगितात्मक कविताको आयोजना समेत भएको थियो । 

कार्यक्रमको मध्यतिर अमेरिकामा आदिकवि भानुभक्त आचार्यको दुइशतवार्षिकी समारोहको आयोजना गर्ने कार्यमा संलग्न नेपाली साहित्यकारहरु तथा नेपाली भाषासाहित्यको विकास र विस्तार कार्यमा संलग्न नौ जना नेपालीहरु नेपाल सरकारबाट प्रदान गरिएको भानुभक्त स्वर्ण पदक बितरण गरिएको थियो । नेपाल सरकारले स्वदेश तथा विदेशमा नेपाली भाषा साहित्यका पहिचानका प्रतीक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुइशतवार्षिकी मनाउन अमेरिकाका लागि श्रीमती गीता खत्रीलाई मूल समारोह समितिको सदस्यमा मनोनयन गरेको थियो । संयुक्त राज्य अमेरिकामा गीता खत्रीकै अध्यक्षमा निम्न व्यक्तिहरु संलग्न आदिकवि भानुभक्त आचार्य दुइशतवार्षिकी समारोह समितिको गठन भएको थियोस्( उपाध्यक्षमा होमनाथ सुवेदी तथा निलम कार्की, कोषाध्यक्षमा विकास विष्ट, सदस्यसचिवमा गोर्वधन पुजा, सदस्यहरुमा कुन्ति थापा, पदम विश्वकर्मा, प्रदीप थापा मगर, गीता पन्थी, प्रकाश नेपाल, डा.विध्याराज सुवेदी, महेश्वर पन्त, दीपा राइ पुन, विमला निरौला हुनुहुन्थ्यो । उक्त समारोह समितिले गत जुलाई ४, २०१४ का दिन वाशिङटनको टाइशन कर्नरमा रहेको शेराटन होटलमा आदिकवि भानुभक्त आचार्य दुइशतवार्षिकी समारोहको आयोजना गरेको थियो । 10484272_10152570210715429_8879891874035198637_n10455961_10152570198385429_5127744994977261322_n 10484272_10152570210715429_8879891874035198637_n

स्वर्ण पदक प्राप्त गर्नु हुनेमा गीता खत्री, होमनाथ सुवेदी, विकास विष्ट, गोवर्धन पुजा, कुन्ति थापा, प्रदीप थापा मगर दीपा राई पुन, रमा सिंह र राम खत्री हुनुहुन्थ्यो । भानुभक्त स्वर्ण पदक गीता खत्रीबाट र सो सम्बन्धी प्रशस्तिपत्र पत्र स्थायी नियोगका द्धितीय सचिव श्री शत्रुघन पोखरेलबाट प्रदान गरिएको थियो । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१