बोहराको ‘तृष्णा’ सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ कार्तिक २०७१, सोमबार २२:०२

532905_754742977908371_7111416327068949279_n  
काठमाडौं । प्राज्ञ उन्नति बोहरा ‘शिला’को दोस्रो उपन्यास ‘तृष्णा’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा ‘तृष्णा’ सार्वजनिक गरिएको हो ।
डा. हर्षबहादुर बुढा मगरको ८७ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो कृति विमोचन गरेका हुन् । उनले बाल मनोविज्ञानमा आधारित सो उपन्यासले वर्तमान समाजको प्रतिनिधित्व गरेको चर्चा गरे ।10641004_10201942558125925_3063762951176405886_n
लेखिका बोहराले झण्डै ६ वर्षको मेहनतमा उपन्यास तयार पारेको बताइन् । 
कार्यक्रममा पूर्वमन्त्री दीपक बोहरा, साहित्यकार गीता केशरी, गीता त्रिपाठी, लक्ष्मी उप्रेती, डा नारायण चालिसेलगायतले सो उपन्यासका बारेमा धारणा राखेका थिए ।1505493_10201942618727440_5099646980030818388_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१