स्ववियु चुनाव जेठ १४ गते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ बैशाख २०७१, मंगलवार ००:५४

काठमाडौं, ९ वैशाख । त्रिभुवन विश्वविद्यालयले जेठ १४ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने घोषणा गरेको छ ।
विश्वविद्यालयको बैठकले मिश्रित प्रणालीमा जेठ १४ गते स्ववियु चुनाव गर्ने घोषणा गरेको विद्यालय कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगावहादुर थापाले जानकारी दिनुभयो । त्रिविले २०६५ सालदेखि स्ववियुको चुनाव गर्न सकेको छैन ।
विद्यार्थी संगठनविच कस्तो प्रणाली अपनाउने भन्ने विषयमा विवाद भएका कारण पनि चुनाव हुन सकेको थिएन ।
गतवर्ष प्रत्यक्ष र समानुपातिकलाई मिलाएर मिश्रित प्रणालीमा चुनाव गराउन सहमति भएकाले त्यसै अनुसार मिश्रित प्रणालीमा चुनाव गराउने घोषणा गरिएको थापाले बताउनुभयो ।
यसैविच विद्यार्थीहरुले चुनावको मिति घोषणा भएकोमा स्वागत गरेको छन् । लामो समयदेखि हुन नसकिरहेको चुनाव घोषणा हुनु सकारात्मक भएकाले भोलीदेखि नै चुनावको तयारीमा लाग्ने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१