गढीमाईमा पशुहरू ल्याउन भारतीय सर्वोच्च अदातलको रोक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ आश्विन २०७१, शुक्रबार ०६:३७

काठमाडौँ ,३१ असोज । भारतीय सर्वोच्च अदालतले केन्द्र तथा बिहार, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगाल राज्य सरकारलाई नेपालको गढीमाई मेलाका निम्ति पशु निर्यातमा रोक लगाउन ध्यानाकर्षण गराएको छ।
download (4)
सर्वोच्च अदालतका न्यायाधीश जेएस खेरको एकल इजलासले मंगलबार भातको केन्द्र र राज्य सरकारलाई एउटा सार्वजनिक चासोको मुद्दा (पब्लिक इन्ट्रेष्ट लिटिगेसन) को जवाफमा ध्यानाकर्षण गराइएको हो। प्रत्येक पाँच वर्षमा आयोजना हुने गढीमाई मेला यो वर्ष मंसिर १२ र १३ मा पर्ने भएकोले ठूलो संख्यामा पशुहरू त्यसतर्फ अवैध किसिमले निर्यात हुने भएकोले रोक लगाउन माग गर्दै निवेदन दायर गरिएको थियो।

दुई दिनको मेलामा करिब ५ लाख जनावरको बली दिइने र त्यसमा ७० प्रतिशतभन्दा बढी भारतको बिहार, मध्यप्रदेश र पश्चिम बंगालबाट अवैधरूपमा पुर्‍याइने गरेको व्यहोरासहित देहरादुनबासी गौरी मौलेखीले दायर गरेको पिआइएलका आधारमा अदालतले उक्त आदेश दिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१