देशभर भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ बैशाख २०७१, सोमबार १२:२७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज पनि देशभरका बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदैछ । हरेक बर्ष वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षसम्मका बच्चाहरुलाई भिटामिन ‘ए’ खुवाउने गरिएको छ ।

सनिवार बिहानदेखि देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरुमा स्थानीय महिला स्वास्थ्य स्वयंसेवीकाले बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाएको हो । सनिवार छुटेका बालबालिकाहरुलाई आज भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन लागिएको हो । १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइएको बाल स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१