न्युयोर्क नेपाली दशैँ (फोटो फिचर )

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ आश्विन २०७१, सोमबार १३:४७

परिवारका साथ दशैं मनाउँदै न्युयोर्कका चर्चित युवा कानुन व्यवसायी बासु फुलारा । 


खसोखास / न्युयोर्क

               नेपालमा दशैको माहौलमा सबैजना झुमिरहेका बखत अमेरिकाको न्युयोर्कमा बस्ने नेपालीहरुले पनि दशैं मनाएका छन् ।  अमेरिकाको न्युयोर्कमा बस्ने नेपालीहरुले नेपाली पारामा नै दशैं मनाए । विगतमा नेपालमा दशैं मनाउदाको रमाइलो क्षण स्मरण गर्दै न्युयोर्कका नेपालीहरुले घरघरमा दशैं मनाएका हुन् । कैयन नेपालीहरु दशैंको टिका थाप्न मन्दिरमा गए भने कतिपयले घरमै विभिन्न कार्यक्रम गरी दशैं मनाए । दशैंको टिका थाप्न न्युयोर्कका मन्दिरहरुमा नेपालीहरुको  भींड लागेको थियो ।  न्युयोर्कका केही मन्दिरमा  दशैंका लागि जमरा समेत राखिएको थियो । कतै घरघरमा टिका थापेर , कतै मन्दिरमा टिका थापेर दशैं मनाउने तयारी भइरहदा  निकै रोचक तरिकाले दशैं मनाइयो न्युयोर्कको उडसाइडमा । अमेरिकामा बस्ने नेपालीहरुका अधिकारका लागि संघर्ष गरिरहेको अधिकारवादी संस्था “अधिकार”ले  रमाइलोका साथ दशैं मनायो । सनातन धर्म सेवा समिति पशुपतिनाथ मन्दिर न्युयोर्कले पनि सधै झैं उडसाइडमा रहेको दिव्यधाम मन्दिरमा दशैंको अवशरमा विभिन्न कार्यक्रम गरेकोे थियो । घटस्थापनाका दिनमा घडास्थापनादेखि जमरा राख्नुका साथै पुजा आराधनाको कार्यक्रम समेत गरियो । दशैंको दिनमा टिका ग्रहण कार्यक्रम समेत राखिएको थियो ।


पत्नीका साथमा टिका ग्रहण गर्दै न्युयोर्कका संचारकर्मी विष्णु पौडेल । 


दशैंको टिका ग्रहण गर्ने क्रममा न्युयोर्कका कानुन व्यवसायी विनोद रोका । 


छोरालाई दशैंको टिका र आशिर्वाद प्रदान गर्दै न्युयोर्ककी साहित्यकार कमला प्रसाईं । 


दशैंको टिका ग्रहणपछि न्युयोर्कमा कलाकारहरु अन्जना र  कन्हैया सिंह दम्पत्ति । 


दशैंको टिका ग्रहणपछि परिवारका साथमा आईएमई अमेरिकाका अध्यक्ष अभिनव अधिकारी । 


दशैंको टिका ग्रहणपछि परिवारका साथमा न्युयोर्क लाइफ इन्सुरेन्सका एजेन्ट रामप्रसाद खरेल । 


दशैंको टिका ग्रहणपछि परिवारका साथमा न्युयोर्कका सामाजिक व्यक्तित्व एवं व्यवसायी विश्व शाह । 


निर्देशक तुलसी घिमिरेबाट न्युयोर्कमा टिका ग्रहण गर्दै गायक यम बराल । 


दशैंको टिका ग्रहणपछि न्युयोर्कका संचारकर्मी प्रदीप थापा, डाक्टर विष्णुमाया परियार र नर्बदा क्षेत्री । 


कलाकार वशन्ती राईलाई दशैंको टिका लगाइदिदै गायक यम बराल । 


परिवार, आफन्त र साथीहरुसँग रमाइलोसँग दशैं मनाउने क्रममा न्युयोर्कमा साहित्यकार गिता खत्री । 


न्युयोर्कमा टिका ग्रहणपछि न्युयोर्क लाइफ इन्सुरेन्सका एजेन्ट महेश मल्ल र युवा व्यक्तित्व अन्जन श्रेष्ठ । बीचमा संचारकर्मी प्रशान एलुङ् राई ।

साभार – khasokhas.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१