साउदीमा ३७ शव अलपत्र ,छिटो शव स्वदेश ल्याइदिन पीडित परिवारको आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ आश्विन २०७१, आईतवार १४:१४

download (7)काठमाडौँ ,२६ असोज । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका ३७ जनाको शव अलपत्र परेका छन् । पीडित परिवारले लामो समयदेखि आफन्तको शव नेपाल झिकाउन पहल गरे पनि सफल हुन सकेका छैनन् ।

झापाको महारानीझोडा गाविस-७ का अम्बरहादुर कार्कीको शव छ महिनादेखि आएको छैन । झापाका रणबहादुर भट्टराईको शव पनि अलपत्र छ । त्यसैगरी मोरङकी भद्रशीला श्रेष्ठ, ऐतराज वि.क, मेघनाथ पयानगु, कविन्द्रकुमार साम्वाहाम्फे, अमर थापा, राम मुरामा, रामेशकुमार चौधरी र रामु राईको शव पनि साउदीमा अलपत्र परेको छ ।

धादिङका सुरेश तामाङ, सानुकाजी खत्री, नवलपरासीका सञ्जय गुरुङ, धनुषाका अरुणकुमार यादव, प्रेमबहादुर थापा, गोरखाका पूर्णबहादुर थापामगर, किरण के.सी., सप्तरीका गोपाल चौधरी, बर्दियाका मानबहादुर पुन, सोमलाल तामाङ, लाल सिंह, हरिबहादुर थापा, दाङका हेमराज पुनमगर र अश्विनीकुमार तामाङको शव पनि स्वदेश आएको छैन ।

चितवनका मानबहादुर कुमाल, महोत्तरीका गरिबनाथ साह, ताप्लेजुङका गोरेबहादुर कामी, सुर्खेतका जुद्धमान रसकोटी, महोत्तरीका रमेश मण्डल, सर्लाहीका इनरदेव महतो, गुल्मीका सन्देश नेपाली, दिलबहादुर सिंह, निलम नेम्वाङको शव पनि साउदी अबरमा अलपत्र परेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका नुवाकोटका कृष्णनारायण श्रेष्ठ, काभ्रेका दिलबहादुर घिसिङ, कास्कीका ध्रुवप्रसाद भट्टराई र भीमबहादुर तामाङको समेत उतै मृत्यु भए पनि आफन्त र घरपरिवारका सदस्यहरुले शव पाउन सकेका छैनन् ।

उनीहरुले चाँडोभन्दा चाँडो शव नेपाल झिकाइदिन नेपाल सरकार र सरोकारवाला निकायलाई आग्रह गरेका छन् । साउदी दुतावास, वैदेशिक रोजगार विभाग र कन्सुलर विभागले चाँडो शव ल्याउन पहल नगरेको पीडित परिवारको गुनासो छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१