दुबईमा ज्यान गुमाएका युवकको परिवारलाई सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ आश्विन २०७१, शुक्रबार ०७:३६

2dubai635काठमाडौँ ,२४ असोज  ।  रोजगारीको शिलशिलामा दुबईमा गएर उतै ज्यान गुमाएका लमजुङका एक व्यक्तिको परिवारलाई युएईबाट सहयोग रकम प्रदान गरिएको छ ।
गएको वर्ष असोज तेश्रो साता दुबईमा ज्यान गुमाएका लमजुङको मालिङ–५ का ४२ वर्षका बाजेन्द्र गुरुङको परिवारलाई ६९ हजार रुपैयाँ सहयोग रकम प्रदान गरिएको हो ।
लमजुङ सम्पर्क समिति युएईसँगै खासुर, नाल्मा र ज्यारखाङ घर भई अहिले युएईमा रहेका युवाहरुले गुरुङको परिवारलाई सहयोग गरेका हुन् । लमजुङ सम्पर्क समिति युएईले संस्थागत रुपमा सहयोग गरेको २१ हजार र खासुर, नाल्मा र ज्यारखाङ घर भई अहिले युएईमा रहनुभएका नेपालीबाट संकलित ४८ हजार रुपैयाँ पीडित परिवारलाई प्रदान गरिएको हो ।
समितिका सचिव सुसन गुरुङ र प्रवक्ता योग परियारले स्वर्गीय बाजेन्द्रकी श्रीमती सीता गुरुङलाई रकम हस्तान्तरण गर्नुभएको हो । बाजेन्द्र लमजुङ सम्पर्क समिति युएईको सदस्य हुनुहुन्थ्यो । सहयोग रकम प्राप्त पाएपछि सीताले आफ्नो परिवारलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले सहयोग रकम आफ्ना बालबच्चाको पठनपाठनमा खर्च गर्ने बताउनुभयो ।बाजेन्द्र गुरुङको कारको ठक्करबाट दुबईमा गएको वर्षको असोजमा ज्यान गएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१