जापानमा अर्को अहिलेसम्मकै खतरनाक समुन्द्री आँधीको चेतावनी ।

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ आश्विन २०७१, बिहीबार १३:१८
टोक्यो जापान – जापानमा समुन्द्री आँधी आएर जनजिबन प्रभावित पारेको एक हप्ता नपुग्दै फेरी अर्को खतरनाक समुन्द्री आँधीको चेतावनी यहाँका मौसम बिभागले दिएको छ । यो हप्ताको अन्त्य सम्ममा जापानमा आउने अनुमान गरिएको सामुद्रिक आँधी अत्यन्तै शक्तिशाली र खतरनाक हुन सक्ने यहाँको मौसमविदहरुले चेतावनी दिएका छन् ।

यो आँधी गत वर्ष सन् २०१३ मा फिलिपिन्समा आएको आँधी जत्तिकै शक्तिशाली हुने अनुमान गरिएको छ । २०१३ मा आएको आँधीले फिलिपिन्समा ८ हजार भन्दा बढी नागरिकको ज्यान लिएको थियो । भोङफोङ नाम दिइएको यो आँधी अहिले सुदुर आन्द्रा महासागर हुँदै जापानतर्फ अघि बढिरहेको जापानको मौसम विभागले बुधवार जनाएको छ । भू–उपग्रहबाट खिचिइएको तस्वीरबाट पनि यो आँधी खतरनाक हुनसक्ने देखाइएको समाचारहरुमा उल्लेख गरिएको छ ।
भोङफोङ आँधी २४ घण्टा जति जापानमा प्रभावकारी रुपमा रहने अनुमान गरिएको छ । यो आँधी आन्द्र माहासागरमा ३०० किलोमिटर प्रतिघण्टाका दरले अघि बढिरहेको मौसमविदहरुले जनाएका छन् । उक्त आँधी पछीको परिणामको समान गर्न अहिले नै सरकार पुर्ब तयारीहरु गरि रहेको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१