अपहरण गरिएका २८ विद्यार्थीको शव सडकमुनि गाडिएको अवस्थामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ आश्विन २०७१, बुधबार ०७:१६
मेक्सिको सिटी : मेक्सिकोको हिंसाग्रस्त क्षेत्र गुरेरोबाट अपहरण गरिएका २८ विद्यार्थीको शव गाडिएको अवस्थामा भेटिएको छ। उक्त क्षेत्रबाट दर्जनौँ विद्यार्थीलाई केही दिनअघिमात्र अपहरण गरिएको थियो। उनीहरुको शव उक्त क्षेत्रको एक सडकनजिकै गाडिएको अवस्थामा पाइएको मेक्सिकन अधिकारीहरुले जनाएका छन्।मेक्सिकन राष्ट्रपति एन्रिक पेना नियटोले हालै विद्यार्थी  अपहरण गरी हत्यागर्ने जो कोही भए पनि उनीहरुमाथि कडा भन्दा कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले मङ्गलबार भने– यसमा जोसुकै पनि सम्लग्न भएको होस उसमाथि कडा कारबाही हुनेछ । उनीहरुलाई कानुनको दायराभित्र ल्याइने नै छ।मङ्गलबार सो घटनाका बारेमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो धारणा राखेका हुन् । उनले भने, मलाई सो घटनाले अत्यन्तै दुःखी बनाएको छ र सायद मेक्सिकन सबै नागरिक यसबाट अत्यन्तै मर्माहत पनि भएका छन् त्यसैले दोषीले कारबाही भोग्ने नै छ।
मैले प्रहरी प्रशासनलाई उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कठघरमा उभ्याउनका लागि कडा निर्देशन दिएको छु र उनीहरु पनि आवश्यक मात्रामा काम गरिरेहका छन्– राष्ट्रपति नियटोले भने। हामी कानुनी शासनमा विश्वास गर्छौं र कानुनी शासनका अगाडि दण्डहीनताको कुनैपनि सम्भावना हुदैन– उनले भने।
गत सेप्टेम्बर २६ मा मेक्सिकोको इग्ला सहरमा विभिन्न अज्ञात व्यक्तिले अकस्मात गोली प्रहार गरी छ जनाको हत्या नै गरेका थिए । उक्त सहरबाट कयौं विद्यार्थीलाई उनीहरुले अपहरण गरेर लगेका थिए ।दुई दिनअघि २८ वटा शव गाडिएको अवस्थामा भेटिएको थियो। अधिरकारीहरुले ती शव तिनै विद्यार्थीको भएको हुनसक्ने बताएका छन् । सञ्चारमाध्यमहरुले उक्त शवको परीक्षण भइरहेको पनि बताएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१