रौतहटमा तस्करी फस्टायो, ५ लाखको सामाान बरामद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० आश्विन २०७१, सोमबार १७:२३

baramad taskari ko saman 2प्रविण अग्रवाल / रौतहट २० असोज ।
रौतहटको विभिन्न स्थानहरुबाट नेपाल प्रहरीले करीब ५ लाख बराबरको तस्करीको सामान बरामद गरेका छन् । भारतिय बजारबाट भन्सार छली नेपाल भित्राउने क्रममा फरक फरक समय र स्थानबाट सो परिमाणको मालसामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटको सुकदेव चौक नजिकबाट लु.२.त.६७९५ नंबरको टयाक्टरमा लोड गरी लादै गरेको १९ पोका रेडिमेड कपडा आइतवार सांझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको कपडाको मुल्य ४ लाख ३१ हजार रहेको प्रहरीले बताएको छ । तस्करले सुकदेव चौक भन्दा पहिलाको चौकमा रहेको शसस्त्र प्रहरीको चेकपाष्टमा रकम लेनदेन गरी सामान निकासी गराएको दृष्य स्थानियले हेरेपछि रौतहट स्थिित नेपाल प्रहरीलाई जानकारी गराएका थिए । सो जानकारीको आधारमा सदरमुकाम बाट गएको प्रहरीको मोबाईल टोलीले उक्त सामान बरामद गरेको हो । पक्राउ परेको सामान तस्करी कार्यमा संगलन बिनोद टाईगर र तवारख खान नामक तस्करको रहेको स्रोतले जनाएको छ । टाईगर र खान विगत लामो समयदेखि रौतहटमा तस्करी कार्यलाई निरन्तता दिदै आएका छन भने उनीहरु रौतहटमा रहेका विभिन्न चेकपोष्ट तथा प्रहरी अधिकृतलाई मासिक रकम बुझाउदै आएकोले आजसम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेको व्यापारीहरु बताउछन् । यस्तै चांडबाडको मौका छोपी तस्करहरुले ल्याएका तस्करीको सामान रौतहटको विभिन्न स्थानबाट रौतहट प्रहरीले बरामद गरेको छ । रौतहटको लतमरीबाट भन्सार छली चोर बाटो भई ल्याईएको १७ बोरा चिनी, ७ बोरा मैदा, २ बोरा खुर्सानी लगायत करीब ८० हजार बराबरको खाद्यान वस्तु प्रहरीले बरामद गरेको हो । बरामद सामानहरु गौर भन्सारलाई बुझाउने तयारी भईरहेको प्रहरी नायब उपरिक्षक तथा प्रहरी प्रवक्ता भिम ढकालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । जिल्लाको ग्रामिण भेगमा पछिलो केही समयदेखी भारतिय सामानहरुको चोरी तस्करी बढदै गएको छ । दैनिक ठुलो परिमाणमा बिभिन्न भारतिय सामान अबैध तरीकाले भित्रयाउनाले लाखौंको राजश्व चुआहट भइरहेको छ । केही स्थानिय र भारतिय तस्करहरु मिलेर सदरमुकामको महादेवपट्टी नाका प्रयोगगरी तस्करी सञ्चालन गरेको प्रत्यक्षदर्शीहरु बताउछन । तस्करहरुले भारतिय बजार बैरगनिया बाट कपडा, चिनी, कसमेटिक, खैनी लगायत किराणा सामगी्र रौतहटको विभिन्न बजारहरुमा भित्रयाइरहेका छन । तिन चारवटा साइकल र मोटरसाइकलमा तस्करहरुले ल्याएको अबैध भारतिय सामानहरु प्राय राती राती सदरमुकाम भित्राउने गरेका छन् । तस्करहरुलाई नाकामा रहेका प्रहरीहरु बाट भारतिय तस्कर किरण देविले लाईन मिलाईदिने गरेको तस्करी कार्यमा संग्लन एक तस्करले बताएका छन् । भन्सार छली ल्याईएको सामान जिल्लाको कटहरीया, गरुडा, लक्षमिनिया र बाराको कोलवी तथा निजगढ सम्म गौरबाट लोकल बसमा राखि पुरयाउने गरेको बसका एक सहचालकले बताएका छन । अबैधरुपमा हुने गरेको तस्करी कार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत मिलोमतो रहेको स्थानियहरुले बताएका छन । गौर चन्द्रनिगाहपुर सडकखण्डको दालमिल, झुनखुन्वा, सुकदेव चौक, शिवनगर, गरुडा, विर्ता, सन्तपुर लगायतका स्थानमा सशस्त्र र नेपाल प्रहरीका गरी एक दर्जन प्रहरी युनिटहरु रहेका छन । बाक्लो रुपमा दुबै सुरक्षा निकाय उपस्थिती हुंदाहुदै निर्वाध तस्करी हुनुमा जो कोहीले पनी प्रहरीको संग्लनता बारे सजिलै अनुमान गर्न सक्छ । चाडबाडको नजिक ठुलो परिमाण तस्करीको बरामद हुनुले जिल्लामा तस्करी कार्य फस्टाएको बुझन सकिन्छ । जिल्ला प्रहरी कार्यालय रौतहटले तस्करी रोकथामका लागी व्यापक चेकजांच भईरहेको भन्दै खुक्लो दाबी ग¥दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१