नेपालीहरुले मलेसियामा मनाए दशै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ आश्विन २०७१, आईतवार ०७:४०

dasaiप्रदिप राई/ क्वालालम्पुर मलेसिया । मालश्रीधुनको साथमा आफुभन्दा ठुलाबडावाट नेपालमा टिका लगाई आर्शिवाद लिएर दशै मनाईरहँदा प्रवासमा पनी दशै मनाईएको छ । विजयादशमीको दिन कम्पनीमा कार्यरत अधिकाँश नेपालीहरुले बिदा स्वीकृती लिएर आफुभन्दा अग्रजहरुको साथमा दशै मनाएका हुन । मलेसियाको सुवाङमास सेक्सन १५ स्थित रोजगारीको शिलसिलामा आएका दर्जनौ नेपालीहरुले एक अर्कामा टिका र आर्शिवाद थापेर भव्यरुपमा दशै मनाईएको साहित्यकार तथा प्रवाशी कलम मलेसियाका उपाध्यक्ष मनिस गाउलेले बताउनुभयो । यस्तै क्यान जो क्यान फ्याक्ट्री सेलेङ्गर, युनिस्टिल टेक्नोलोजी जोहरबारु लगायतका नेपालीहरुको बाहुल्यता रहेका कम्पनीमा टिका निधारभरी लगाएर आफ्नो दैनिकी गरेका थिए । विजयादशमीको दिनलाई महत्वकाँक्षी र आशावादी मानेर कतीपय नेपालीहरु बिहानै मलेसियाका हिन्दु मन्दिरहरुमा दर्शन तथा पुजा गरेका थिए । दशै बिशेष शुभकामना सुभेच्छा आदानप्रदान गरी गएका वर्षहरुजस्तै मलेसियामा रहेका नेपालीहरुले दशै तथा दिपावली मनाउने गर्दछन । प्रवासमा रहनु परिवार तथा आफन्तजनहरुबाट टाढा भएर बसीरहेका नेपालीहरुले नेपालभन्दा मनोरञ्जनात्मक र सभ्य तवरले ठुला चाडहरु मनाउने गरेको पाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१