दसैंकै बेला एकसय नेपालीको बिचल्ली दुई महिनादेखिको तलब नपाउदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ आश्विन २०७१, शनिबार ०५:००

download (7)प्रदिप राई/ क्वालालम्पुर मलेसिया । नेपालीहरुले भव्य रुपमा बडा दसैं मनाइरहेका बेला रोजगारिका लागि मलेसिया पुगेका झन्डै एकसय जना नेपाली भने विचल्लीमा परेका छन् ।
मुहारको ग्रिसिकमा रहेको इनस्टाईल फर्निचर कम्पनीलाई बैंकले नियन्त्रणमा लिएपछि त्यहाँ काम गर्दै आएका उनीहरुको बिचल्ली भएको हो ।
उक्त कम्पनिमा विभिन्न एजेण्टहरुले कम्पनीमा कामदारहरु दिने गरेको थियो । कम्पनीलाई बैंकले नियन्त्रणा लिएपछि एजेण्टवाट आएकाहरु सवै एजेण्टकहाँ फर्किएर गएका छन भने एजेण्ट नभएर प्रत्यक्ष रुपमा कम्पनीमा आएकाहरुको बिचल्लीमा परेका हुन् ।
कम्पनीमा कार्यरत नेपालीहरुका अनुसार उनीहरुले दुई महिना देखिको तलव समेत पाएका छैनन । आफैले काम खोजेर काम गर्छाै भन्दै कम्पनी ब्यवस्थापनसँग कुरा गर्दा कम्पनीले केही गर्न मिल्दैन भनेर उनीहरुलाई पर्खन लगाएको गुनासो गरेका छन् ।
कम्पनीको अवस्था वुझन बिहीबार स्थानीय लेवर कोर्टका प्रतिनिधि गएका थिए । प्रतिनिधिसँग कुरा गरे पनि अहिले पर्ख र हेरको स्थिति रहेको पीडितहरुले बताएका छन् । कोर्टका प्रतिनिधिहरुले पनि केहीदिन धैर्य गर्न आग्रह गरेका थिए ।
दुई महिनादेखि तलब नपाएको र स्थानीय पसलबाट लिएको बाँकी तिर्न नपाएकाले आफूहरुले सामान पनि बाँकीमा पाउन छाडेको कम्पनीमा कार्यरत उदयपुरका आरके विष्टले बताए । उनले भने-‘नेपालमा दसैं मनाई रहँदा हाम्रो यहाँ बिचल्ली भएको छ । दुतावास समेत वन्द छ । कहाँजाने के गर्ने अन्योलमा छौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०