अन्तरराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरको काब्यात्मक बिजया दशमी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ आश्विन २०७१, शनिबार ०४:५२
गीता खत्री / न्युयोर्क  अन्तरराष्ट्रिय साहित्य समाज न्यूयोर्क च्याप्टरले आइतबार, सेप्टेम्बर २८, २०१४ का दिन काब्यात्मक बिजया दशमी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।  Gita 4
रिजवुड सोसाइटीको सहयोगमा यो कार्यक्रम नेपालीहरूको बाक्लो बस्ती भएको न्युयोर्कको रिजउ मा बिबिध साहित्यिक कार्यक्रम सहित संम्पन्न भएको थियो । मङगल धुनबाट सुरु गरियको उक्त कार्यक्रममा उपस्थित सर्जकहरू तथा अन्य महानुभाबहरूले आआफ्ना रचना हरू सुनाउनुको साथै यो बिजया दशमीले हामी सम्पुर्ण नेपालीहरु बीच एकता, मित्रता तथा पारस्परिक सदभाब कायम गरोस  भन्दै शुभ कामना आदान प्रदान गर्नु भएको थियो ।10648889_10204855917188009_971585683658430092_o शुभकामना सहित आ आफ्ना रचना र मन्तब्य सुनाउनु हुने सर्जकहरुमा गीता पन्थ, कमला प्रसाइ,ज्योती पौडेल ,शान्ता घिमिरे ,गिता खत्री ,पुस्पा अधिकारी गौतम,बिजया सिम्खडा ,राम खत्री ,बद्री पौडेल ,सकुन्तला ज्ञवाली , अरुण अनुरागी ,बंन्दना कोइराला ,बिकाश बिष्ट ,सुनिता शर्मा ,कुन्ती थापा ,यशोदा रानाभाट,सोम अधिकारी, नबराज खड्का ,मोहन ज्ञवाली,सबी अधिकारी,जिब लाल भुसाल आदि हुनुहुन्थ्यो । 10694456_10204855926708247_4044783351950335474_o

स्वदेशको दशैको झझल्को मेटनको लागि आयोजना गरियको उक्त कार्यक्रममा गीता खत्रीको सौजन्यतामा सेल रोटी , शकुन्तला ज्ञवाली को हलुवा ,सुशिला बिष्टको अचार  र अ ने सा स न्यूयोर्क ले चियाको ब्यबस्था गरिएकोले कार्यक्रम अती सौहार्दपूर्ण र काब्यात्मक पारिबारिक बातावरणमा संम्पन  भएको थियो 1523926_10204855924668196_6515073022335044169_oउक्त कार्यक्रममा बद्री पौडेल , शान्ता घिमिरे र शकुन्तलाको दोहोरी गीत तथा सोम अधिकारी र बिकास बिष्टको लोकगीत अनी बिजया सिम्खडा को मिठो स्वर सहितको नब दुर्गा भजनले कार्यर्क्रम रन्किएको थियो।  गीता खत्रीको रिलिज हुनै आटेको दशैं गीत  तथा ज्योति पौडेलको आमा गीतले साहित्यक माहोल गुन्जिएको थियो । कार्यक्रम  करिब दुइ घण्टा जति चलेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१