डा. राकेशकुमार झालाई राइजिङ स्टार अवार्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ आश्विन २०७१, बुधबार १३:१४

वीरगन्जका एक चिकित्सक विश्वकै प्रख्यात राइजिङ स्टार अवार्ड बाट सम्मानित भएका छन् ।

चिकित्सकीय क्षेत्रमासम्मानित मानिएको अवार्ड नेपाल मै पहिलो पटक वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालका ग्यास्टो इन्ट्रोलोजिस्ट चिकित्सक राकेशकुमार झाले पाएकाहुन् ।

इन्डोस्कोपिक चिकित्सापद्धतिमा काम गर्ने युवा चिकित्सकले तयार पारेको शोधपत्र, चिकित्सकसेवा र सेवा प्रदान गरेको विधि प्रक्रिया तथा स्थानको समेत सुक्ष्म मूल्याङ्कनको आधारमा प्रत्येक वर्ष विश्व इन्डोस्कोपिक सङ्घ -इएसजी)ले विश्वभरिका युवा चिकित्सकमध्ये एक जनालाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।

विश्व इन्डोस्कोपिक सङ्घ (इएसजी)को आयोजना र डिजेस्टिव सिमपोसियम कुबेतको सहयोगमा आगामी शनिबार कुबेतमा आयोजना हुने एक समारोहबीच डा झालाई अवार्ड प्रदान गरिने छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१