आमाले मुक्का हानेर आफ्नो तीन वर्षीय छोरालाई मारेको स्विकार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार १०:०६

३४ वर्षीया एक आमाले मुक्का हानेर आफ्नो तीन वर्षीय छोरालाई मारेको स्विकारेकी छिन् । बेलायतको एडिनबर्गमा बस्ने रोसदिप एडेकोयाले छोरा मिकाइल कुलरलाई मुक्का हानी मारेको स्वीकार गरेकी हुन् ।

रेस्टुरेन्टबाट घर फर्कंदा छोरा बिरामी भएकोमा रिस उठेपछि मुक्का प्रहार गरेको, भित्तामा ठोक्काएको, ब्याटले बर्बर तरिकाले कुटेको बताएकी छन् । उनले छोरालाई घिसारेर नुहाउने ठाउँमा लगी धारामा राखेर हिर्काएकी थिइन् । उनको कुटाइबाट आन्तरिक चोटका कारण कुलरको दुई दिनपछि मृत्यु भएको थियो ।

बच्चा मरेपछि उनले शवलाई सिरकको खोलमा बेरेर सुटकेसमा राखी २५ माइल टाढा आफ्नी बहिनीको घरतिर रहेको जंगलमा लुकाएकी थिइन् । त्यसपछि उनले प्रहरीलाई आफ्नो बच्चा हराएको उजुरी गरेकी थिइन् ।

बच्चा हराएको उजुरीपछि एडिनबर्गका प्रहरी र स्यवंसेवीको कुलरको व्यापक खोजी गरेका थिए । शव भेटिन केही दिन लागेको थियो । कुलरको शरीरमा ४० भन्दा बढी चोट लागेका थिए ।

छोरा मारेको स्विकारेपछि एडेकोयामाथि एडिनबर्गको उच्च अदालतमा अमानवीय हत्याको मुद्दा दायर भएको छ ।

यसअघि पनि पाँच सन्तानकी आमा एडेकोयाले आफ्ना सबै सन्तान छोडेर बाहिर खान जाने गरेको पनि खुलेको छ । उनले इन्टरनेटमा ‘एकबाहेक सबै सन्तानलाई माया गर्छु, एउटा छोरालाई माया गर्न कठिन भएको छ’ जस्ता प्रतिक्रिया पोस्ट गरेको पनि खुलेको छ ।

एडेकोया लामो समयदेखि निराशा, तनाव, चिन्तालगायत मानसिक समस्याबाट ग्रस्त भएको प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१