हामीले टेक्दा केराको बोक्राले किन चिप्ल्याउँछ ?’ नामक सोधलाई नोबेल पुरस्कार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ आश्विन २०७१, आईतवार ०६:२०
न्युयोर्क,५  असोज ।
हामीले टेक्दा केराको बोक्राले किन चिप्ल्याउँछ ? भन्ने सोधले यस वर्षको एलजी नोबेल पुरस्कार पाउने भएको छ । पुरस्कार हवार्ड विश्वविद्यालयको वार्षिक उत्सवमा प्रदान गरिनेछ ।

उक्त सोध जापानी विद्यार्थीको समुहले तयार पारेका थिए । कियोसी मबुसी नेतृत्वको समुहले केराको बोक्राबारे प्रयोगशालामा अध्ययन गरेका थिए । उनीहरुले सुन्तला र स्याउको बोक्रा किन यति खतरापूर्ण छैन भनेर समेत अध्ययन गरेको बिबिसिले जनाएको छ ।
यो पुरस्कार असामान्य वैज्ञानिक उपलब्धि गर्ने समुहलाई प्रदान गरिदै आएको छ । गुगलले यो पुरस्कार नोबेल पुरस्कारको व्यङ्ग्यात्मक पुरस्कार भनेर उल्लेख गरेको छ ।-एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१