पुरुषको लिङ्ग कन्डमको आाकार भन्दा सानो भएपछी.. संसदमा हङ्गामा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ आश्विन २०७१, शनिबार ०८:०९
एजेन्सी,
कम्पाला, असोज ३ –  कण्डमको आकार सानो भएको भनेर हङ्गामा भएको छ ।

युगान्डाका सांसदहरूले अफ्रिकाको पूर्वी भागमा पर्ने आफ्नो मुलुकमा बिक्री हुने धेरै ‘कन्डम’ को आकार सानो भएको निकै गुनासो आफूहरूले पाएको र यो समस्या एड्सविरुद्धको अभियानमा ठूलो समस्या भएको बताएका छन् ।
युगान्डामा एचआईभी÷एड्सका लागि संसदीय समितिका सांसद टम आजाले ‘कन्डम’को आकार सबैका लागि मिल्ने नभएको बताउनुभयो । उहाँले एड्सबाट सबैभन्दा प्रभावित भएको क्षेत्रमा आफूले हालै भ्रमण गर्दा त्यहाँका केही पुरुषमा ठूलो लैङ्गिक अङ्ग भएको पत्ता लागेको बताउँदै कन्डमको आकार बढाउने विषयमा विचार गर्नुपर्ने सुझाव दिए ।
उनले एनटीभी युगान्डालाई दिनुभएको एक अन्तर्वार्तामा कामक्रीडाका समयमा दबाबमा पर्दा यस्ता कन्डम फुट्ने गरेको बताए ।कण्डमको आकार सानो भएको भनेर हङ्गामा भएको छ । अर्का सांसद मेर्राड बिटेकिएरेजोले यसै च्यानललाई केही युवकले आफूहरूलाई दिइएको कन्डमको आकार प्रयोग गर्न नसकिने गरी सानो भएको गुनासो गरेको बताए ।

 

condomयस समितिका अर्का सदस्य नेटालिसिलेले युवक एवम् युवती तथा कन्डमका प्रयोगकर्ताहरूले एचआईभी तथा एड्स लाग्नुमा कन्डमको आकार पनि कारण भएको बताएको जानकारी दिए ।
एनटीभी युगान्डाले सांसदहरूले राम्रो तथा ठूलो कन्डम आपूर्तिका लागि दबाब दिने उल्लेख गरेको छ ।
उत्पादकहरूले कन्डमको आकारका विषयमा गुनासो प्राप्त गरेको यो पहिलोपटक होइन ।
सन् २००६ मा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले मुम्बईका ६० प्रतिशत पुरुषको लिङ्ग कन्डमको अन्तर्राष्ट्रिय आकारभन्दा २.४ सेन्टिमिटर (एक इन्च) र ३० प्रतिशत पुरुषको लिङ्ग पाँच सेन्टिमिटर (दुई इन्च) सानो हुने गरेको फेला पारेको थियो ।
युगान्डामा हरेक वर्ष ८० हजार जनता यसै रोगबाट मर्ने गर्छन् र हाल यो रोगको सङ्क्रमण बढ्न थालेको देखिएको छ ।
सन् १९९२ मा युगान्डाका १८ प्रतिशतमा यो रोग देखिएकोमा ‘‘एबीसी’’ (एब्स्टिनेन्स, बी केयरफुल, कन्डम – संयम, सावधान तथा कन्डम) रणनीतिले सन् २००५ मा यो दर ६.४ मा झरेको देखिएको थियो ।
सन् २०१२ मा यो रोगबाट प्रभावित व्यक्तिको सङ्ख्या ७.२ प्रतिशत देखिएको छ । यहाँ १८ लाख जनता एचआईभी लिएर बाँचेका छन् । यहाँ यसै रोगका कारण १० लाख बालबालिका अनाथ बनेका छन् । रासस÷एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१