टाइगर-ज्याकलिनको रोमान्स कस्तो होला?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ आश्विन २०७१, बिहीबार १६:०३
यसै वर्ष रिलिज भएको ‘हिरोपन्थी’बाट बलिउडमा धमाकेदार प्रवेश गरेका टाइगर शर्राफले आगामी सिनेमामा ‘किक’ स्टार ज्याकलिन फर्नानडिजसँग जोडी बाँध्ने भएको छन्। भारतीय सञ्चार माध्यमका अनुसार टाइगर ज्याकलिनसँग रेमो डिसुजाको फिल्ममा देखिनेछन्।

उक्त फिल्मसँग सम्बद्द एक स्रोतका अनुसार रेमोको फिल्मको चरित्र ज्याकलिनलाई सुहाउने भएको र सिनेमाको कथालाई मनपराउँदै उनी सिनेमा खेल्न राजी भएकी छन्।
सिनेमा कस्तो कथामा बन्दै छ भन्ने बारेमा केही नबताए पनि सिनेमा एक्शन फिल्म हुने समाचार स्रोतले दाबी गरेको छ। प्राप्त रिपोर्टका अनुसार सिनेमालाई एकता कपुरले निर्माण गर्ने छिन्। रेमोले पनि ज्याकलिनसँग काम गर्ने इच्छा रहेको बताउदै आएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१