वडाध्यक्ष राजु अधिकारीको रोहबरमा केयर बालगृहका ११ जना बच्चालाई राष्ट्रिय बालअधिकार परिषदले गर्यो उद्धार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७७, बिहीबार ०६:१८

काठमाडौं । काठमाडौं कपनको केयर बालगृहमा रहेका ११ जना बालबालिकालाई उद्दार गरिएको छ ।

पुष्पा अधिकारी द्वारा संचालित उक्त बालगृहमा रहेका बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको हो ।

बुधबार परिषद र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र बुढानीलकण्ठ नगरपालिका– ११ का वडाध्यक्ष राजु अधिकारीको रोहबरमा ११ जनाको उद्धार गरिएकोराष्ट्रिय बालअधिकार परिषदकी कार्यक्रम अधिकृत नमुना भुसालले जानकारी दिइन् ।

उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको छ । यी बालबालिकामध्ये परिवार हुनेलाई परिवारको जिम्मा लगाउने र परिवार नहुनेलाई संरक्षण केन्द्रमा राखिने उनले जानकारी दिइन् ।
उक्त बालगृह सञ्चालक पुष्पा अधिकारीले हालै बालगृहलाई बुझाएको शिशु चौरमा भेटिएको भनी झुटो प्रचार गरेको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१