‘बालुवाटारबाट मलाई विचौलिया बन्ने प्रस्ताव आयो’: नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७७, बिहीबार ०५:५४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले विचौलिया बन्न प्रस्ताव गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा वरिष्ठ नेता नेपालले दुई अध्यक्षको कुरा नमिलेकाले विचौलियाको भूमिका निर्वाह गरिदिन भन्दै आफ्नो निवासमा ओली निकटका दुईजना नेता आएको बताए ।

संसदीय दलका उपनेता सुवास नेम्बाङलाई संकेत गर्दै वरिष्ठ नेता नेपालले भने, ‘मेरो निवासमा आएर एकजना कामरेडले सालिन तरिकाले दुई अध्यक्षबीच कुरा मिलेन तपाईँले विचौलियाको भूमिका निर्वाह गर्नू पर्यो भन्नुभयो । अहिले त बालुवाटार विचौलियाकै छ । नियुक्तीहरु हेर्नू भएकै छ । मैले पनि पार्टी विधानको धारा ६० देखाएँ । त्यहाँ बहुमतको निर्णय अल्पमतले मान्ने कुरा उल्लेख गरिएको छ । यहीँ कुराबाट निकास खोज्न ती मित्रलाई सुझाव दिएँ ।’

पार्टी एकतालाई ओलीले पूरा गर्ने चाहना नराखेको भन्दै वरिष्ठ नेता नेपालले भने, ‘पार्टीको चिन्ता हुनुपर्ने व्यक्तिलाई चिन्ता छैन । पार्टीलाई कागजमा सीमित गरियो । आइ एम द स्टेट, आइ एम द पार्टी (म नै राज्य हुँ, म नै पार्टी)भन्ने मनोगत शैलीका कारण पार्टीमा गम्भीर समस्या आएको छ । पार्टीको निर्णय नमान्ने, यहाँसम्म कि आफैले गरेका निर्णय पनि नमान्ने उहाँका कारण समस्या निम्तिएको छ ।’

पटक पटकको छलफलले निकास नदिएपछि अब अगाडि बढ्नुको विकल्प नभएको नेपालको चेतावनी छ । उनले भने, ‘पार्टीमा व्यक्तिहरु आउँछन् जान्छन्, पार्टी चल्दै गर्छ । विधि, प्रक्रियाबाट पार्टी अगाडि बढ्नुको विकल्प छैन । नीतिगत बहस चलिरहेको छ । तर पदको कुरा चर्चामा आइरहेको छ । यो गलत हो ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१