सञ्चार माध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७७, बिहीबार ०५:४९

काठमाडाैं । वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरणबापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्कसमेत छुट दिने निर्णय गरेको छ । कोरोना कहरका कारण भएको लकडाउनले थलिएका विद्युतीय सञ्चारमाध्यमका हितका लागि राहतस्वरुप सरकारका तर्फबाट उक्त निर्णय गरिएको प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए। विद्युतीय सञ्चारमाध्यमलाई छुटदिने सङ्घीय सरकारको निर्णयानुसार नै प्रदेश सरकारले पनि निर्णय गरेको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१