काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ श्रावण २०७७, बिहीबार ०५:३७

काठमाडौं । गृह मन्त्रालयले आजदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न भन्दै आजदेखि लागू हुने गरी यो निर्णय गरिएको जनाएको छ ।

सहप्रवक्ता उमाकान्त अधिकारीले उपत्यकासहित २ सयभन्दा धेरै संक्रिय संक्रमित भएका क्षेत्रमा सरकारको निर्णय लागू हुने जानकारी दिएका छन् । अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने उनले बताएका छन् ।

कोरोना संक्रमण बढेसँगै सरकारलेआजदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली पनि लागू गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०