मुक्तिनाथ विकास बैंकको कर्जासम्बन्धी विशेष सुविधा कार्यान्वयनमा, ४८ घण्टाभित्र कर्जा स्वीकृत हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ श्रावण २०७७, बुधबार ०५:३९

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना कार्यान्वयनमा ल्याएको छ ।

विशेष लाभ योजनाअन्तर्गत बैंकले अधिकांश कर्जाहरूमा सीमित अवधिका लागि आकर्षक सुविधाहरू प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार न्युनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृत, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट लगायतका सुविधा दिइने छ । यस्तै एक वर्षसम्म कर्जा स्वीकृत हुँदा निर्धारित ब्याजदरमा परिवर्तन हुनेछैन् भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र हुने लिइने जनाइएको छ ।

बैंकका सूचना अधिकारी तिलवहादुर गुरूङ्गद्वारा जारी विज्ञप्तिअनुसार बैंकले विना शुल्क लकरको सुविधा दिनुका साथै कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरे ब्याजदरमा २ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।काठमाडौँ – मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना कार्यान्वयनमा ल्याएको छ ।

विशेष लाभ योजनाअन्तर्गत बैंकले अधिकांश कर्जाहरूमा सीमित अवधिका लागि आकर्षक सुविधाहरू प्रदान गर्ने जनाएको छ ।

बैंकका अनुसार न्युनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृत, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट लगायतका सुविधा दिइने छ । यस्तै एक वर्षसम्म कर्जा स्वीकृत हुँदा निर्धारित ब्याजदरमा परिवर्तन हुनेछैन् भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशत मात्र हुने लिइने जनाइएको छ ।

बैंकका सूचना अधिकारी तिलवहादुर गुरूङ्गद्वारा जारी विज्ञप्तिअनुसार बैंकले विना शुल्क लकरको सुविधा दिनुका साथै कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरे ब्याजदरमा २ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटीएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१