अन्डरवल्डसँग सम्बन्धमा रहेका बलिउडका चर्चित नायिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७७, मंगलवार ०५:१०

मुम्बई(एजेन्सी) । कुनै समय बलिउड र अन्डरवल्डको सम्बन्ध निकै गहिरो थियो । अन्डरवल्डको धम्कीको असर कलाकारलाई मात्र होइन, फिल्म क्षेत्रमा नै देखिन्थ्यो । त्यही कारण धेरै कलाकारको अन्डरवल्ड विश्वसँग निकट सम्बन्ध रहेको समाचार पनि बाहिर आउथ्यो । ती कलाकारमा विशेषत बलिउड अभिनेत्री अग्रपंक्तिमा पर्दथे ।

अभिनेत्री मन्दाकिनीको जन्म जुलाई ३० मा भएको थियो । उनले बलिउडका कैयौं फिल्ममा आफ्नो अभिनय कला देखाइन् । उनले वास्तविक पहिचान फिल्म ‘राम तेरी गंगा मैली’बाट पाइन् । मन्दाकिनी र अन्डरवल्र्ड डन दाऊद इब्राहिमबीचको सम्बन्ध सबैमाझ जगजाहेर नै थियो । दाऊदकै कारण मन्दाकिनीले कैयौं फिल्ममा काम गर्ने मौका पाइन् । उनीहरुको सम्बन्ध निकै लामो समयसम्म चल्यो ।

बलिउडकी प्रख्यात अभिनेत्री मोनिका बेदीको सम्बन्ध पनि अन्डरवल्र्डसँग रह्यो । उनको सम्बन्ध लामो समयसम्म अन्डरवल्र्ड डन अबू सलेमसँग रह्यो । कैयौं मामलामा अबूको नाम जोडिँदा मोनिका र अबूले देश नै छोड्ने गरेका थिए । जब दुबैलाई प्रहरीले पक्राउ गर्यो, त्यो समयमा मोनिकाले अबूसँगको आफ्नो सम्बन्धलाई अन्त्य गर्दै अबूका बारेमा कैयौ कुराको खुलासा गरेकी थिइन् ।

सलमान खान, अक्षय कुमार र आमिर खान जस्ता ठूला स्टारसँग काम गरेकी अभिनेत्री ममता कुलकर्णी वर्तमान समयमा भारत बाहिर छिन् । उनको सम्बन्ध अन्डरवल्र्ड ग्याङस्टार विक्रम गोस्वामीसँग थियो । ममताको विक्रमसँग प्रेम भएपछि दुबैजना भारत छोडेर दुबई पुगे । करिब १० वर्ष पछि प्रहरीले सन् २०१४ मा केन्याबाट ममतालाई पक्राउ गरेको थियो ।

अनिता अयूब पाकिस्तानी प्रख्यात अभिनेत्रीमा पर्दछिन् । उनले बलिउडमा पनि काम गरेकी छन् । उनले ‘द मेलोडी अफ लभ’ र ‘ग्याङस्टार’मा काम गरेकी थिइन् । उनको सम्बन्ध अन्डरवल्र्ड डन दाऊद इब्राहिमसाथ अफेयरका रुपमा चल्यो । दाऊदकै कारण उनले धेरै फिल्ममा अभिनयको अवसर पाइन ।

अभिनेत्री सोना बलिउडकी दिग्गज र सुन्दरी अभिनेत्री मधुबाला जस्तै देखिन्थिइन् । उनले दाऊद इब्राहिम भन्दा अघि अन्डरवल्र्ड डन हाजी मस्तानसँग विवाह गरेकी थिइन् । उनले बलिउड फिल्म ‘मन जीतें जग जीतें’ र ‘बीवी किराये कि’मा अभिनय गरेकी थिइन् । हाजी मस्तान र सोनाको प्रेमकथा यति प्रख्यात थियो कि उनीहरुको बारेमा फिल्म ‘वन ओपन ए टाइम इन मुम्बई’ निर्माण भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१