पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने ४० वर्षीया कमलाकुमारी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७७, मंगलवार ०५:०८

काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छिन्।

महानगरीय प्रहरी महाशाखाको टोलीले चितवन बस्ने ४० वर्षीया कमलाकुमारी थापालाई आइतबार पक्राउ गरेको हो।

उनले विभिन्न प्रलोभनमा पारी पोल्याण्ड पठाउने भन्दै १७ लाख ठगी गरी फरार भएकी थिइन्। मंसिर ३ गते उनीविरूद्ध उजुरी दिएपछि प्रहरीले उनको खोजीतलासी गर्न थालेको थियो।

महाशाखाले चितवन प्रहरीसँग समन्वय गरी पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०