एउटा तस्वीरका कारण ट्रोल बनिन् राधिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७७, बिहीबार ०५:३१

मुम्बई । बलिउड अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । लण्डनमा भएका बेला उनले एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

उक्त तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपरेको छ । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् ।

कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् । भारतमा बलिउडकर्मी पनि घरबाट बाहिर खासै निस्किएका छैनन् । राधिका भने आफ्ना पतिसँग लण्डनमा घुमफिर गरिरहेकी छिन् ।

लकडाउनका बेला उनी रेस्टृुरेन्टमा पुगेकी थिइन् । साथै उनले सेफका साथ तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर पनि गरिन् ।

राधिकाले लेखिन् – लकडाउनबाट बाहिर आएर रेस्टुरेन्टमा खानुभन्दा राम्रो अरु के होला ?

राधिकाको यो पोस्टसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले मास्क नलगाएको र सामाजिक दूरी पनि कायम नगरेको भन्दै गाली गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१