फिफा विश्वकप-२०२२ पहिलोपटक नोभेम्बरमा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७७, बिहीबार ०५:२९

काठमाडौं। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल नोभेम्बरमा हुने भएको छ ।

विश्वकप २०२२ नोभेम्बर २१ देखि सुरु हुनेछ। उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

समूह चरणमा एकै दिन चार वटासम्म खेल हुनेछ। फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राति पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

समूह चरणका खेल नेपाली समयअनुसार अपराह्न ४ बजेदेखि हुनेछन्। भने अन्तिम खेल राति पौने १ बजे हुनेछन्।

विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको भएपनि कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१