पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ असार २०७७, बिहीबार ०५:१९

काठमाडौं । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ ।

लकडाउनको अवधिमा मात्र तीन अर्ब रुपैयाँ नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने बित्तिकै पाँच रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापनपत्र बुझाएको हो । नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लो हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ ।

लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफंैमा अमानवीय कार्य भएकाले मूल्यवृद्धि तत्काल खारेज गर्न माग रिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए । नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न माग गरेको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने बित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए । अहिलेको परिस्थितिमा निगमले बैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उनले आग्रह गरे ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए । मागहरु सकारात्मक भएको उल्लेख गर्दै उनले साना कुरालाई पनि विवादित गरेर निगमलाई कमजोर बनाउने ठूलो तप्का लागि परेको दाबी गरे । उनले मूल्य वृद्धिलाई नियमित प्रकृयाको रुपमा लिन आग्रह समेत गरे ।

निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१