यसकारण काठमाडौं उपत्याकामा कोरोनाको जोखिम बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७७, मंगलवार ०५:२४

– संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन ।
– काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व PCR टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।
– काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन् ।
– ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ ।
– दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
– विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिबार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन । जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन् ।
– बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाविधिको अनुगमन र कारबाही गरिएको छैन ।
– सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ । जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ । जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन ।
– स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अरबौंका बिल बनाउन व्यस्त छ । सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन ।
– आम नागरिकमा डर तथा सतर्कता हराउंदै गएको छ । सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ । भौतिक दुरी पटक्कै कायम भएको छैन । थुक्ने बानी उस्तै छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाबिधिलाई झारा तार्ने प्रवृतिको रुपमा स्थापित छ ।

समाधानका उपाय –

– उपत्याका शिल गर्ने ।
– यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि PCR टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने ।
– विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा PCR टेस्ट गर्ने । संक्रमितलाई आइसोलेसनमा राख्ने । नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने ।
– सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने ।
– बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने / दिने ।
– अनलाइन प्रबिधिलाई सकेसम्म बिस्तार गर्ने । गाहकलाई प्रशिक्षित गर्ने । टेलिमेडिसिन बिस्तार गर्ने ।
– यस्तो बिपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने । कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने ।
– प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर PCR टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने । पुलिंग मेथोड़बाट टेस्ट गर्न दवाव दिने । नीजि प्रयोगशालामा PCR टेस्ट गर्न दवाव दिने । दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन ।
– तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने । नागरिक आफैले सुरक्षाबिधि अपनाउने । जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने । डा. रबीन्द्र पाण्डे

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०