काठमाडौं उपत्यकामा भेटिए ५४ जना कोरोना संक्रमित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७७, मंगलवार ०४:४९

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र रुपमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना हुन् ।

काठमाडौंका संक्रमितहरु कपन, महाराजगञ्ज र चाबहिलको रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस्तै, भक्तपुरको चाँगुनारायण र ललितपुरको महालक्ष्मीस्थान, सुनाकोठी, थैब, गोदावरी, हात्तीवन, चापागाउँ, हरिसिद्धिलगायतका स्थानमा रहेका छन् ।

महाशाखाले प्रयोगशालाका आएको ठेगानाका आधारमा संक्रमितसँग सम्पर्क गरिरहेका बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१