पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १५,४९१ पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ असार २०७७, आईतवार ०५:१९

काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको र दुईजनाको कोरोना संक्रमणका कारण ज्यान गएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिएका र दुई जनाको ज्यान गएको बताए । यो सँगै संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

संक्रमितमध्ये ६ हजार ४ सय १५ जना उपचारपछि घर फर्किएका छन् भने ३४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१