लेकाली मेरठ लिटरेचर फेस्टिवलको सल्लाहकारमा मनोनीत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७७, शनिबार ०५:४२

अन्तर्राष्ट्रिय स्तरमा साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको मेरठ लिटरेचर फेस्टिवलले फेस्टिवल आयोजनाको शीर्ष समिति मुख्य सल्लाहकार समिति सदस्यको रूपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई मनोनयन गरेको छ ।

सो जानकारी फेस्टिवलका अध्यक्ष डा. विजय पण्डितले जानकारी गराउनु भएको छ । मेरठ लिटरेचर फेस्टिवलले भारत र नेपालमा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक फेस्टिवलको आयोजना गर्ने गर्छ । क्रांतिधरा साहित्य अकादमीले दुई ओटा मुख्य साहित्यिक कार्यक्रमको आयोजना गर्ने गर्छ । जसमध्ये पहिलो मेरठ लिटरेचर फेस्टिवल भारतमा र दोस्रो इंडो नेपाल लिटरेचर फेस्टिवल नेपालमा । यो संस्थाले पर्यावरण संरक्षण र साहित्यिक सेवामा विगत दस वर्षदेखि निरन्तर कार्यरत रहँदै आएको छ ।

यो संस्थाका अध्यक्ष डा. विजय पण्डित संस्थापक अध्यक्ष पनि हुन । यो संस्थाले समस्त विश्वभरिका साहित्यिक तथा सामाजिक विभूतिहरूलाई जोडेर राख्दै आएको छ ।

मेरठ लिटरेचर फेस्टिवलको मुख्य उद्देश्य ‘वसुधैव कुटुंबकम’ को भावनाका साथ सम्पूर्ण विश्व मै साहित्यको माध्यमबाट मनसित मन जोड्नु , एक अर्काको लेखनका बारे जानकारी गराउनु, अनुवाद, प्रकाशन, विचारको आदान प्रदान, परस्पर सहयोगको भावना, पठन-पाठन एवं साहित्यको दायरा विस्तार गर्नु तथा नवोदित र गुमनाम लेखकलाई वरिष्ठ साहित्यकारहरूको सानिध्यमा एक अंतर्राष्ट्रीय मञ्च प्रदान गर्नु रहेको छ ।

क्रांतिधरा मेरठमा प्रत्येक वर्ष आयोजना गरिने तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक आयोजना क्रांतिधरा मेरठ साहित्यिक महोत्सव (मेरठ लिटरेचर फेस्टिवल) मा सम्मान चयन समितिद्वारा चुनिएका साहित्यिक विभूतिहरूलाई निम्न सम्मान प्रदान गर्ने गरिन्छ :

१. संत गङ्गा दास स्मृति सम्मान
२. गीतकार भारत भूषण स्मृति सम्मान
३. शायर हफीज़ मेरठी स्मृति सम्मान
४. पं. मुखराम शर्मा स्मृति सम्मान
५ आदिकवि भानुभक्त आचार्य स्मृति सम्मान (नेपाली साहित्यकारको लागि)

क्रान्तिधरा साहित्य अकादमीद्वारा मेरठ, उत्तर प्रदेश, भारतमा प्रत्येक वर्ष आयोजना गरिने त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक समारोह आयोजनालाई थप महत्त्वपूर्ण, व्यवस्थित, मर्यादित र विशेष बनाउन एक शीर्ष स्तरमा सल्लाहकार समितिको गठन गरिएको हो । यही उद्देश्यका साथ गठन गरिएको सल्लाहकार समितिमा साहित्यकार राधेश्याम लेकालीको नेपालका तर्फबाट सल्लाहकारमा मनोनयन गरिएको हो ।

सो सल्लाहकार समितिमा लेकालीका अलावा बेल्जियमका कपिल कुमार, वरिष्ठ गजलकार, क्यानडाका श्री सरन घई, वरिष्ठ साहित्यकार पनि रहनु भएको छ ।

यसै गरी अन्य सल्लाहकारहरूमा क्रमशः गोपाल नारसन, वरिष्ठ पत्रकार व साहित्यकार, आचार्य चन्द्रशेखर शास्त्री, आध्यात्मिक गुरु व लेखक, राजीव जायसवाल, वरिष्ठ साहित्यकार (दिल्ली), जनाब प्यासा अंजुम, वरिष्ठ गजलकार (जम्मु कश्मीर), डा. प्रदीप सुमनाक्षर ,वरिष्ठ लेखक (दिल्ली), राजेन्द्र मोहन शर्मा, वरिष्ठ साहित्यकार (जयपुर), प्रदीप श्री वास्तव, वरिष्ठ पत्रकार (लखनउ), डा. ऊषा रानी राव, वरिष्ठ लेखिका (बैगंलौर), कुँवर वीरसिंह मार्तंड, वरिष्ठ साहित्यकार (कोलकाता), डा. सीमा विजय वर्गीय, गजलकार, (अलवर), श्रीमती पुनम झा, वरिष्ठ लेखिकासमेत रहनु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०