पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा पत्रकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७७, शनिबार ०५:२७

काठमाडौं । पेशागत सुरक्षाको ग्यारेन्टीको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

श्रमजीवी पत्रकार ऐन लागु गर्नुपर्ने, पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग गर्दै महासंघले प्रदर्शन गरेको हो । लकडाउनको अवधिमा श्रमजीवी पत्रकारहरुलाई जागिर बाट निकाल्ने, बिनातलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या देखिएको भन्दै राजधानीको बबरमलमा प्रदर्शन गरिएको हो ।

पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्ेमवारीविहीन बनाउने जस्ता समस्या विभिन्न सञ्चार गृहमा देखिएकाले महासंघले प्रदर्शन गरेको छ । पेशागत सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

श्रमजीवीहरुको मुद्दामा अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए । अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागु नभएका मिडिया हाउसमा केन्द्रीत हुने उनको भनाइ छ ।

‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सन्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?, ‘मेरा सम्पादकको मुटु छ मर्म छैन ।’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडक भडकमा, पत्रकार भोकै सडकमा’, नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागि भएका थिए ।

लकडाउनको अवधिमा समस्या देखाएर पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बेतलबि विदामा राख्ने, समयमै पारिश्रमिक नदिने जस्ता समस्या देखिएका सञ्चारगृहमा शनिबारबाट धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१