काठमाडौं उपत्यकामा थप ३२ जनामा संक्रमण पुष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७७, शुक्रबार ०५:३९

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८, भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ३२ जना संक्रमित थपिएका हुन् ।

बिहिबारको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित बिहीबार देशभर थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन् ।

Dish_Home
आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१