एसइईको अंक पठाउँदा तीन वर्षको नजिता हेर्न निजी विद्यालयलाई निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ असार २०७७, बिहीबार ०५:०७

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) माध्यमिक शिक्षा परीक्षा (एसइई)को मूल्यांकन गर्दा विगत तीन वर्षको एसईईको परीक्षाफल समेत अध्ययन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

निजी विद्यालयका प्रतिनिधिमूलक संस्थाले प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त विज्ञप्ति जजारी गरी आफ्ना सदस्य विद्यालयहरूलाई यस्तो आग्रह गरेका हुन् । प्याब्सनका महासचिव कुमार घिमिरे र एनप्याब्सनका महासचिव सुवास न्यौपानेले जारी गरेको विज्ञप्तिमा नतिजाको सम्बन्धमा अनावश्यक प्रचारप्रसार नगर्न समेत निर्देशन दिइएको छ ।

यस्तै, विद्यार्थीहरूको आन्तरिक मूल्यांकन गर्दा स्वतन्त्र र निष्पक्षताको सिद्धान्त अपनाई सही मूल्यांकन गर्ने र विद्यालयले गरेको मूल्यांकन प्रमाणित आधारहरू अभिलेख राख्न निर्देशन दिइएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गरी प्रकाशित नगरुन्जेल अपनाउनुपर्ने गोपनीयता कायम गर्नुपर्ने निर्देशन छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा असार ३० गतेसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्‍याउन निर्देशन दिएको छ । विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा नतिजा पठाइ सक्नुपर्नेछ ।

कोरोना संक्रमणका कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि आन्तरिक मूल्यांकनका आधार नतिजा सार्वजनिक गर्न लागिएको हो । २०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०