सलमान, साहरुख र आमिर भन्दा अग्लो भएको कारण, यी ६ नायिकालाई उचाई बन्यो बोझ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ असार २०७७, बुधबार ०५:२९

मोडलिङ तथा एक्टिङको लागि रुप रंगसंगै शारिरिक उचाई पनि उत्तिकै महत्वपुर्ण छ । हलिउडमा मात्र होइन बलिउडमा पनि लामो उचाई भएका नायिकाहरु प्रशस्तै छन् । जसमा अनुष्का शर्मा, दिपिका पादुकोण, सोनम कपुर, क्याट्रिना कैफ लगायतका चर्चित हिरोइनहरु छन् ।

यस सन्दर्भमा १९९० देखि २००० को दशकमा भने धेरै लामो उचाई खासै चल्न सकेन ।

किनकी हिरोइनको अगाडि हिरो नै होचा देखिन्थे । र लामो उचाई भएकै कारण तिनै हिरोइनले कतिपय चर्चित फिल्म तथा हिरोसंग खेल्ने पाउदैनथे ।

त्यहि उचाई पछि गएर अग्ला हिरोइनका लागी बोझ बन्न पुग्यो ।

१.पुजा बत्रा -५ फिट ९ इन्चकी पुजा फिल्म विरासतबाट चर्चामा आएकी हुन् । एकपटक उनले भनेकी थिइन् कि लामो उचाइ भएकै कारण कुनैपनि हिरो संगै काम गर्न तयार हुँदैनन् । लामो उचाई भएकै कारण उनले सजिलै फिल्ममा प्रवेश हुन पाउन्नथिन् ।

पुजा बत्रा

२. शिल्पा सेट्टी- शिल्पालाई बलिउडमा ग्ल्यामरसकी मम्मी भनेर चिनिन्छ । तर उनको फिल्मी करियरका शुरुवाती दिनमा उनको मान्यता खासै थिएन । कारण थियो उनको अति लामो उचाई । शिल्पाको अगाडि शाहरुख खान, सलमान खान र अमिर खान लगायत हिरो होचा देखिन्थे । उनको उचाई ५ फिट ८५ इन्च रहेको छ ।

शिल्पा सेट्ठी

३. सुस्मिता सेन -मिस युनिभर्स समेत रहेकी सुस्मितालाई फिल्म मेने प्यार क्यु कियामा सलमान भन्दा आफ्नो उचाई बढि भएकै कारण उनले थुप्रै तनाब सहनु परेको थियो । उचाइ कै कारण उनले कतिपय फिल्म रिजेक्ट समेत गर्नुपर्दछ । सुस्मितको उचाई ५ फिट ९५ इन्च रहेको छ ।

सुस्मिता सेन

४. सोनाली बेन्द्रे –विहेपछि फिल्म क्षेत्रबाट पछि हटेकी नायिका सोनालीको उचाई ५ फिट ८ इन्च रहेको छ । उनले आफ्नो लामो उचाई र पातलो कम्मर भएकै कारण फिल्म अफर आउँदैनथ्यो । सोनालीले कैयौ फिल्म खेलेपनि खासै चर्चामा भने आउन सकिनन् । उनी कुनै टेलीभिजन शो मा जजको भुमिकामा देखा परिन्। उनि अहिले क्यान्सरको उपचार पछि आराम गर्दैछिन्।

सोनाली बेन्द्रे

५. युक्ता मुखि- साउथ फिल्म उद्योगकी यि हिरोइनले जम्मा ६ फिल्ममा काम गरेकी छिन् । लामो उचाई भएकै कारण उनले मिस वल्र्डमा नाम लेखाइन् तर फिल्म भने फ्लप भए । यिनको उचाई ६ फिट १ इन्च रहेको छ ।

६. दिपानिता शर्मा –मोडलबाट नायिका बनेकी दिपानिताले ८ वटा काम गरिसकेकी छिन् । लामो उचाइ भएक्रै कारण उनको जोडि कुनैपनि हिरोसंग मिलेन र मुख्य भुमिका खेल्नबाट बन्चित समेत हुनु पर्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१