अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान साउन ७ गतेसम्म नगर्ने मन्त्रिपरिषद्को निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ असार २०७७, मंगलवार ०५:१५

काठमाडौं । सरकारले साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान बन्द नै राख्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिदो क्रममा रहेकाले तत्कालका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द नै राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले सीमा नाका पनि साउन ७ गतेसम्मकै लागि बन्द गर्ने निर्णय गरेको ती मन्त्रीको भनाइ छ । सेमिलकडाउनलाई सरकारले ७ गतेसम्म लम्ब्याउने निर्णय गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पनि नहुने निश्चित भएको छ ।

तर, विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्दार तथा मेडिकल सामाग्रीको आयातका लागि भने चार्टर उडान हुनेछन् । सार्वजनिक सवारी साधन पनि साउन ७ गतेसम्म चल्न नपाउने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१