एक किलो सलह समात्नेलाई २० रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ असार २०७७, आईतवार ०५:२२

रुपन्देही । प्रदेश ५ सरकारले सलह कीरा नियन्त्रणका लागि सलह समात्नेलाई रकम दिने भएको छ ।

प्रदेशका विभिन्न जिल्लामा सलह किरा देखिएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश विपद् व्यावस्थापन समितिको बैठकले तत्काललाई सलह किरा नष्ट गर्न प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले एक किलो सलह समात्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले एक किलो सलह जम्मा गरेबापत २० रुपैंयाको दरले दिइने निर्णय भएको जानकारी दिइन् । यसको प्रभावित क्षेत्र हेरेर थप निर्णय गर्ने निर्णय भएको उनको भनाइ छ ।

सलह समातेर नियन्त्रण गर्ने विधि पाकिस्तानमा गरिएको थियो । समातिएको सलह कुखुरा फार्ममा बेचिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१