खुल्यो पेरिसको आईफल टावर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०७७, शुक्रबार ०५:१६

एजेन्सी । कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण बन्द भएको फ्रान्सको आईफल टावर खुलेको छ। यो टावर यस पटक दोस्रो विश्वयुद्धपछिकै बढी समय बन्द भएको हो ।

विश्वकै पर्यटकीय क्षेत्रहरुमध्येकै चर्चित पेरिसकाे आईफल टावर विगत तीन महिनाभन्दा अघिदेखि बन्द गरिएको थियो। अहिले पेरिसस्थित आईफल टावर रहेको स्थान सीमित रूपमा सञ्चालनमा आएको छ ।

त्यहाँ सीमित सङ्ख्यामा मात्रै आगन्तुकलाई प्रवेश दिइनेछ भने ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियम लागु गरीएको छ। टावरको दोस्रो तलाभन्दा माथि कर्मचारीबाहेक अरूले प्रवेश पाउनेछैनन्।

जुलाई १ सम्म लिफ्ट नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नुपर्नेछ। सन् १८८९ मा निर्माण भएको यो टावरमा प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिस जान्छन्।

तीमध्ये तीनचौथाइ व्यक्ति विदेशी पर्यटक हुने आईफल टावरको आधिकारिक वेबसाइटलाई उद्धृत गर्दै बिबिसीले बताएको छ। फ्रान्स कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये एघारौँ स्थानमा रहेको छ।

जुन १५ मा राष्ट्रपतिले कोरोनाभाइरस लकडाउनका बेला लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए। अहिले त्यहाँ क्याफे र रेस्टुराँहरू खुलेका छन् भने युरोपभित्रको यात्रा पनि गर्न पाइने भएको छ ।

फ्रान्समा अहिलेसम्म झन्डै दुई लाख जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये २९,७०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१