युनाइटेडको जितमा मार्सियलको ह्याट्रिक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०७७, बिहीबार ०७:४५

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरको सहज जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले ह्याट्रिक गरे । सेफिल्डविरुद्ध सातौं मिनेटमा मार्सियलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा युनाइटेड २-० ले अघि रह्यो । खेलको ७४ औं मिनेटमा मार्सियलले गोल गर्दै ह्याट्रिक पूरा गरे ।

मार्सियलको यो सिनियर टिमका लागि पहिलो ह्याट्रिक समेत हो । सेफिल्डमाथिको सहज जितसँगै युनाइटेडले ३१ खेलमा ४९ अंक जोडेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०