अष्ट्रेलियामा सरकारी क्षेत्रलाई निशाना बनाइ साइबर हमला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०७७, सोमबार ०५:३०

एजेन्सी। अष्ट्रेलियामा सरकारी र निजी क्षेत्रलाई समेत निशाना बनाइ साइबर हमला भएको छ ।

बीबीसीले जनाएअनुसार यो हमला कुनै संगठित गिरोह वा कुनै देशको हात रहेको अनुमान गरिएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाको निजी र सार्वजनिक क्षेत्रका संस्थाहरुलाई लक्षित गरी जटिल खालको साइबर आक्रमण भएको बताएका छन ।

प्रधानमन्त्री मरिसनले भने, ‘निजी तथा सार्वजनिक संस्थाहरुमा गरिएको यो हमला निकै जटिल खालको छ । हामी यसप्रति सतर्क भएका छौं ।’

उनका अनुसार यो नयाँ खाले जोखिम नभएपनि जटिल खालको छ । उनले साइबर हमलाबाट प्रभावित सबै संस्थाहरुलाई उचित कदम उठाउनका लागि आग्रह गरेका छन । उनका अनुसार अहिलेसम्म भएको अनुशन्धानबाट कुनै डाटा चोरी भएको खुलेको छैन ।

यो साइबर हमलाको अनुशन्धानमा अष्ट्रेलियाका सुरक्षा एजेन्सीहरु सहयोगी र साझेदार संस्थाहरुसंग मिलेर काम गरिरहेको छ । प्रधानमन्त्री मोरिसनले भने, ‘मैले ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनसंग गएराती नै यसबारेमा छलफल गरें ।

यस बारेमा आवश्यक सबैसंग निरन्तर सम्पर्कमा छु ।’ उनका अनुसार यो हमला कसले गर्यो भन्ने बारे केही भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१