शुक्रबार एकैदिन २७८ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७७, शनिबार ०५:१५

काठमाडौँ । शुक्रबार एकैदिन २७८ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रबार थप २७८ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३३३ पुगेको छ । जसमध्ये अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । कुल ६८ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन्। पछिल्लो समय भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। तीमध्ये धेरै क्वारेन्टिनमा बसेकाहरू छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१