विदेशमा समस्यामा परेकाहरुलाई शुक्रबारबाट नेपाल ल्याइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७७, शुक्रबार ०५:४८

काठमाडौं । सरकारले शुक्रबारबाट विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन सुरु गर्ने भएको छ । पहिलो चरणमा शुक्रबार युएई रहेका नेपालीहरुलाई स्वदेश फर्काइन लागिएको हो  ।

युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काइने जनाइको छ । यी दुबै देशबाट सम्बन्धित देशले नै नेपालीलाई ल्याइदिने भएका हुन्। म्यानमारले आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको थियो । त्यहीबेला नेपालीलाई उसकै खर्चमा ल्याइदिने भएको हो । त्यहाँबाट फर्किन चाहनेको संख्या ३५ जना रहेको र उनीहरुलाई फर्काउन लागिएको हो ।

पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा फर्काइदिने नेपालीलाई ल्याउन लागिएको हो । युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ । यसको सूची युएईले पठाइसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१