३३४ जना कोरोना संक्रमित, नयाँ संक्रमित कहाँ कहाँका ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७७, शुक्रबार ०४:४७

काठमाडौं । नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिईएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टिनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्ऽपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् ।

नेपालमा हालसम्म १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने २९० जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरस ९कोभिड १९ को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको हो । पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएका पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।

आज संक्रमित कहाँ कहाँका ?
दैलेख  ११३ जना

बाँके  ४२ जना

कपिलवस्तु  २९ जना

मोरङ  २ जना

पर्सा १ जना

झापा  ५ जना

ताप्लेजुङ  १ जना

सप्तरी  १३ जना

बारा  ७ जना

सिन्धुली १ जना

म्याग्दीका  १ जना

बागलुङ  १० जना

पर्वत  ४ जना

स्याङ्जा  १ जना

डोटी  ३ जना

दाङ  १५ जना

मुगु  १ जना

खोटाङ  ३ जना

बारा  ५ जना

धनुषा  ६ जना

महोत्तरी  ३ जना

रौटहट ६४ जना

सर्लाही  ३ जना

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१